खुमलटारमा ओलीको तेस्रो पाइला (तस्बिरहरू)

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक खुमलटार पुगेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेका हुन् ।
ओली पहिलो पटक प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा खुमलटार पुगेका थिए । त्यसपछि खुमलटार नगएका ओली तत्कालिन नेकपा फुटको संघारमा पुगेको बेला खुमलटार पुगेका थिए । नेकपा फुटेपछि प्रचण्डसँग बोलचाल नै बन्द गरेका ओली आज तेस्रो पटक खुमलटार पुगेका हुन् ।
प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान मात्रै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । छलफलमा प्रचण्डले प्रधानमन्त्रीमा सघाउन गरेको प्रस्तावमा अध्यक्ष नेपालले ग्रिन सिग्नल दिएपछि ओलीसँग त्यसबारे पनि छलफल हुने बताइएको छ । समाजवादीलाई पनि सरकारमा लैजानेबारे प्रचण्ड र ओलीबीच छलफल हुने प्रचण्ड निकट एक नेताले बताए ।
बुधबार बिहान ललितपुरको हात्तिवनमा भएको छलफलमा प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न प्रचण्डले प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावपछि अध्यक्ष नेपालले तपाईंलाई सहयोग नगर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए । 'त्यसो हो भने ढिला नगरी सरकारमा सहभागी हुनुस् भन्नु भयो' छलफलपछि एक नेताले इकागजसँग भने 'पार्टी बैठक राखेर छलफलपछि तपाईंलाई खबर गर्छु भन्नुभयो अध्यक्ष नेपालले ।'
बैठकमा देउवासँग कुरा नमिलेर नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्न जाँदा हतार भएकाले अध्यक्ष नेपालसँग कुरा हुन नपाएको बताएका थिए । बैठकको सुरुमै नेपालले यत्रो निर्णय लिँदा छलफल नगरेर आफ्नो चित्त दुखेको बताएका थिए ।
सबै तस्बिर प्रचण्डको सचिवालय

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया