प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटर सर्ने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत सचिवालयमा रहेका सूर्य किरणले बताए ।
सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बूढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् । न्युज कारखाना

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया