रेलले किच्दा एकको मृत्यु

जनकपुरधाम। जनकपुरधाम–जयनगर रेलमा किचिएर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले वैदेही स्टेशनमा किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
मृत्यु हुनेमा नगराइन नगरपालिका राघोपुरका वर्ष ३५ का पुरन दास रहेका छन् । जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा दासको मृत्यु भएको जिप्रका धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर दासकाे रेल्वे लिकमा खस्दा किचिएर मृत्यु भएकाे हाे ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया