जाजरकोटमा वैशाख १८ देखि २५ गतेसम्म निषेधाज्ञा

जाजरकोट : कोभिड-१९ को नयाँ भेरिएन्टसहितको सङ्क्रमण तीव्ररुपमा बढ्दै गइरहेको भन्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १८ गते शनिबार राति १२:०० बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्यनजर गदै कोभिड-१९ को सङ्क्रमण फैलावटको साङ्गलो तोड्न, सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम वैशाख १८ गते राति १२:०० बजेदेखि वैशाख २५ गते राति १२:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख गरिएको छ । तरकारी, खाद्य, दूध र ग्यासका पसल भने बिहान ६:०० बजे देखि ९:०० बजेसम्म सञ्चालन गर्न दिइने उल्लेख छ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्सलगायतका सेवा भने खुला हुने छन् ।
चार स्वास्थ्यकर्मी सङ्क्रमित
यहाँ चार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका एक र स्वास्थ्य सेवा कार्यालयका तीन गरी चार जनामा कोरोना सङ्क्रमण देखिएको हो । रासस
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

प्रतिक्रिया