बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

नेपाल टी-ट्वान्टीः पोखराको लगातार चौथों हार

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा एभेन्जर्सले लगातार चौथों हार भोगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा बिराटनगर सुपर किंग्ससँग पोखराले ६ विकेटको पराजय भोग्यो । विराटनगरको भने ३ खेलमा यो पहिलो जित हो ।

पोखराले दिएको १ सय ४० रनको लक्ष्य बिराटनगरले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । बिराटनगरलाई जित दिलाउन हुसेन तलतले सर्वाधिक ५० रनको योगदान गरे ।

पोखराका लागि शरद भेषावकर र कुशल मल्लले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले तोकिएको १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे ।

बिराटनगरका हुसेन तलत र राज नन्ननले समान २-२ विकेट लिए ।