अन्तर्घातविरुद्ध परेका उजुरीबारे निर्णयसहित पठाउने समयावधि कांग्रेसले थप्यो

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीबारे निर्णय गरी पठाउने समयावधि थपेको छ ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेको उजुरीकाबारेमा निर्णय गरी १५ पुसमा पठाइन सक्न मातहतलाई निर्देशन दिएको समितिले एक महिना समय बढाएर १५ माघसम्म पुर्याएको छ ।
प्रेस विज्ञप्ति
२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरु प्रदेश एवं जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गतेभित्र पठाउनु पर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नु पर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधी २०७९ माघ १५ गतेसम्मका लागि वढाइएको जानकारी गराइन्छ ।
प्रेम केसी
सचिव, केन्द्रीय अनुशासन समिति

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया