हामीले माओवादी र एमालेको चाललाई बुझ्न सकेनौं : डा. शेखर
अब नीति अधिवेशन हुनैपर्छ

विराटनगर - नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसकेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनको मर्मलाई स्वीकार नगरेका कारण गठबन्धन भत्किएको उनले बताए ।
बुधबार निकट नेताहरुसँग काठमाडौंमा छलफल गरेर बेलुका विराटनगर आइपुगेका नेता कोइरालाले आफुले विगतदेखि नै गठबन्धन गर्न हुँदैन भनेर भनेपनि त्यसलाई पार्टी नेतृत्वले नसुनेका कारण पनि कांग्रेसको हातबाट सवै कुरा फुत्किएको बताएका हुन् ।
‘हामीले माओवादी र एमालेको चाललाई बुझ्न सकेनौं, गठबन्धनको मर्मलाई प्रचण्डजीले स्वीकार्नु भएन र हामीहरुको कमि कमजोरी त छँदैछ’ कोइरालाले भने, ‘गठबन्धन गर्नु हुँदैन भनेर त म सुरुदेखि नै भन्दै थिएँ, तर हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि गठबन्धन नगरिकन सरकार बन्दैन ।’
कोइरालाले निर्वाचन पहिल्यै गठबन्धन गरेका कारण अहिलेको परिस्थिति बनेको भन्दै सभापति देउवातिर दोष पन्साए । कोइरालाले कांग्रेसबाट गल्ती नै भएको छैन भन्न नमिल्ने बताए । उनले पहिल्यै गठबन्धन गरेका कारण त्यसलाई अघि बढाउनु पर्ने जिम्मेवारी पनि कांग्रेसको भएको बताए ।
‘हामीले प्रि–इलेक्सन गठबन्धन गरिसकेपछि त्यसलाई अगाडि बढाउनु पर्ने चलाउनु पर्ने जिम्मेवारी पनि ठुलो पार्टीको नाताले हाम्रो भयो, प्राकृतिक रुपमै प्रधानमन्त्री पद हामीले छोड्ने कुरा भएन’ उनले भने, ‘त्यसमा प्रचण्ड जीलाई स्वीकार भएन, वहाँ एमालेसँग मिलेर सरकार बनाउनु भयो ।’
कांग्रेसका लागि कठिन परिस्थिति उत्पन्न भएको भन्दै आगामी २२ गतेदेखि बोलाइएको केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा गरिने बताए । सभापति देउवाले कांग्रेसभित्रका पदाधिकारीहरुलाई समेत जानकारी गराई कुराहरु भएका कारण त्यसको जिम्मेवारी देउवाले नै लिनुपर्ने बताए ।
‘कोठे बैठकमा उहाँहरु बीचमा के सम्झौता भयो हामीहरुलाई थाहा हुने कुरा भएन, त्यो कांग्रेसभित्र हामीहरुलाई त बोलाइएको थिएन’ कोइरालाले भने, ‘कांग्रेस कस्तो बनाउने भन्ने कुरा कांग्रेसभित्र हुनुपर्छ, त्यहाँ के कसो भयो भन्ने कुरा अब केन्द्रीय समितिमा आउँछ ।’
कोइरालाले कांग्रेसभित्र विशेष महाधिवेशनको चर्चा सुरु भएपनि त्यसका लागि विधानको प्रक्रिया अप्ठेरो भएको भन्दै नीति महाधिवेशन बोलाउनु पर्ने बताए । १४ औं महाधिवेशनले निर्वाचनमुखी भएकोले कांग्रेसलाई अघि बढाउन नीति महाधिवेशन आवश्यक रहेको बताए ।
‘कसलाई के कारवाही हुने नहुने भन्ने कुरा बेग्लै कुरा हो, तर नीति अधिवेशन त हुनैपर्यो’ उनले भने ‘मुखका आएको कुरा सबै गयो भन्ने बिषयमा मलाई पनि चिन्ता छ ।’ कांग्रेसभित्र आफुहरुलाई प्रतिपक्षको नजरले हेरिने गरेको भन्दै त्यसप्रति उनले असन्तुष्टि जनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया