प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा अर्याल, थापा र कार्कीको उम्मेदवारी

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १३ गरी २९ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिता कुमारी गुरुङ, थापाको प्रस्तावकमा भीम पराजुली र समर्थकमा भुपेन्द्र राई र कार्कीको प्रस्तावकमा रामकुमार खत्री तथा समर्थकमा शम्सेर राई रहेका छन् । दलको नेता चयन सर्वसम्मत गर्न भन्दै गरिएका प्रयास असफल बनेपछि उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन समितिले आज दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको हो । दलको नेताका लागि संस्थापन पक्षबाट पार्टी केन्द्रीय सदस्य अर्याल, सिटौला समूहबाट पार्टी प्रदेश समितिका सभापति थापा र कोइराला समूहबाट कार्कीको उम्मेदवारीले दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो । सिटौला समूहबाटै आकांक्षी देखिएका केन्द्रीय सदस्य भीम पराजुलीले भने थापालाई समर्थन गरेका छन् ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_09HnRvekgz_1vwo0rjcvcrhgje4bjkudy3a7sp5vxfezkp1uauxjfkbz6tcfop1wqhyfxcy.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया