सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

पुस १८ गतेका लागि बाेलाइयाे बागमतीको प्रदेश अधिवेशन

काठमाडौँ- बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान गरिएकाे छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।