वाग्मतीका १०९ सांसदले लिए शपथ

मकवानपुर । वाग्मती प्रदेशसभाका १०९ सदस्यहरुको शपथग्रहण गरेका छन् । प्रदेशसभा सचिवालयमा आज दिउँसो शपथग्रहण भएको हो ।
वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, पूर्व सभामुखसहितको उपस्थितिमा शपथग्रहण गरिएको हो । प्रदेशसभा १०९ जना सदस्यहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले शपथग्रहण गराए ।
हिजो ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथग्रहण गरेका थिए । आजको शपथग्रहणपछि सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठबन्धनका दलहरुको तयारी रहेको छ ।
३ जनाले तामाङ भाषा र १२ जनाले नेवारी भाषा गरी १५ जनाले मातृभाषामा शपथ लिएका थिए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया