मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान भएको दुर्घटनामा घाइते भएका बिक्रम भम्जनको मृत्यु भएको छ । अन्य ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय भम्जनलाई दुर्घटनापछि उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
आज बिहान ७:४५ बजे मकवानपुर जिल्लाको बकैया ५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जादै गरेको ना २२ प ९९७७ न.को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिंदा दुर्घटना भएको थियो ।
घटनाबाट मोटरसाइकल चालक भम्जन गम्भीर घाइते भएका थिए । ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका ९ बस्ने २५ वर्षीय सूर्यबहादुर घिमिरे पनि घाइते भएका छन् । घिमिरेको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।
ट्रकमा सवार पहिचान नखुलेको अन्दाजी २०/२५ वर्षको जस्तो देखिने पुरुष टाउकोमा चोट,अवस्था गम्भिर हेटौडा अस्पतालमा उपचार भैरहेको छ ।
यसैगरी मोटरसाइकल पछाडि सवार हेटौंडा १८ फुर्केचौर कै अन्दाजी ३५/४० कि हिरामाया लोप्चन पनि घाइते भएको र उनको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया