‘हामी कुनै एउटा हलको सिन्डिकेट मान्दैनौँ’

काठमाडौँ - ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ एकै मितिमा रिलिज हुने भएपछि फिल्मवृत्तमा तरंग आएको छ । अझ देशको ठूलो सिनेमा चेन क्युएफएक्सले ‘छक्का पञ्जा ४’ मात्र सो मितिमा रिलिज गर्ने अभिव्यक्ति दिएपछि फिल्म प्रदर्शन सिन्डिकेट युगमा फर्किन लागेको टिप्पणी सुरु भएका छन् । ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ फागुन १९ मा रिलिज हुँदैछन् ।
क्युएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले बिहीबार एक अनलाइनमा आफूहरूले एउटा मात्र फिल्म रिलिज गर्ने निर्णय गरेको र अहिलेका लागि फागुन १९ मा ‘छक्का पञ्जा ४’ लाई यो समय दिइसकेको बताएका थिए । उता ‘छड्के २’ फिल्मका वितरक सुनिल मानन्धरले भने भाष्कर ढुंगानाले मिडियामा जे भनको भएपनि क्युएफएक्स म्यानेजमेन्टले ‘छड्के २’ रिलिज नगर्ने भन्ने जवाफ नदिएको बताए ।
‘हिजो मसँग उहाँहरूले मिटिङ गर्नु भएको थियो । म्यानेजमेन्टले एउटा मात्र फिल्म लगाउने भन्ने कुनै निर्णय नभएको बताउनु भएको छ । यदि उहाँहरूले फिल्म रिलिज नगर्ने हो भने पनि मेरो फिल्म यही मितिमा रिलिज हुन्छ । हामी एउटा हलको सिन्डिकेट मान्दैनौँ,’ मानन्धरले भने । क्युएफएक्सका अर्का साझेदार नकिम उद्धिनले अहिलेको विवादका विषयमा आफूलाई पूरा जानकारी नभएको बताउँदै दुइटा फिल्म जुध्दा दुवै निर्मातालाई घाटा हुने भएकाले आफूहरूले यस्तो निर्णय गर्ने सोचेको बताए । उनले सबैको राय लिएर म्यानेजमेन्टमा राख्ने र सोही अनुसार निर्णय आउने बताए ।
क्युएफएक्सले पहिले नै यो निर्णय गरेर वितरकलाई यो सम्बन्धी जानकारी पठाइसकेको दाबी गरे पनि ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ रिलिजकै समयमा यो कुरा बाहिर आएकाले यसमा धेरैले षडयन्त्रको गन्ध भेटेका छन् । र क्युएफएक्सको यो निर्णयलाई विश्वज्योति हलको युगमा फर्काउने पनि धेरैले आशंका गरेका छन् ।कुनै समय थियो विश्वज्योति हलले नेपाली फिल्मको भविष्य निर्णय गथ्र्यो । विश्वज्योतिले दिने मिति हेरेर फिल्म प्रदर्शनको पालो सार्वजनिक गरिन्थ्यो ।
अझ ‘छड्के २’का वितरकले भने क्यूएफएक्सले ‘छक्का पञ्जा ४’ सँग कमिसन लिएर यस्तो निर्णय गरेको आरोप लगाएका छन् । वितरक मानन्धरले यो कुराले पहरो गर्जिने र आफू सिन्डिकेटका विरुद्धमा पछाडि नहट्ने बताए ।शुक्रबार नै क्यूएफएक्सबाहेकका मल्टिप्लेक्सको छलफल रहेको र यसले गर्ने निर्णयले यो प्रकरणलाई चर्काउने वा थन्काउने निर्णय हुने अनुमान गरिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया