नेपाल टी-ट्वान्टीः लुम्बिनी अल स्टार्सको लगातार पाँचौ जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार पाँच खेल जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौँ नाइट्सलाई ३५ रनले पराजित गर्दै पाँचौं जित हात पारेको हो ।
लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनमात्र जोड्यो । काठमाडौँका लागि अजमातुल्लाह ओमारजाईले ३८ तथा सुनम गौतमले १८ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंहले सर्वाधिक ३ विकेट हात पारे । किशोर महतो, साड्ली भान, तलिभ भण्डारी तथा ह्यारी टेक्टरले एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन जोड्यो । लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० तथा लाहिरु मिलान्थाले २५ रन जोडे ।
काठमाडौँका लागि अजमातुल्लाह ओमारजाईले सर्वाधिक २ विकेट हात पार्दा अविनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनम गौतम र अलेक्स ब्लेकले एक-एक विकेट लिए ।
काठमाडौँको यो दोस्रो पराजय हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया