बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

नेपाल टी-ट्वान्टीः पोखराको पहिलो जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । लगातार पाँच खेलमा पराजय भोगको पोखराले फार वेस्ट युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो । पोखरालाई पहिलो जित दिलाउन आशिफ शेखले सर्वाधिक ४५, कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रनको योगदान गरे ।

फार वेस्टका करण केसी, उमाइर अली र प्रकाश जैसीले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो । फार वेस्टका लागि उमाइर अलीले ४२, देव खनालले ३३  तथा राशिद खानले ३२ रन जोडे ।

पोखराका लागि जाहिर खानले ३ तथा तुल थापा र अमिर हम्जाले समान २-२ विकेट लिए ।