फेरिएकाे केन्द्रीय सत्ता समीकरणसँगै बागमती सरकारमा ३ दलको दाबी

मकवानपुर- गत मसिर ४ मा सम्पन्न निर्वाचनबाट पहिलो दल बनेको नेपाली काग्रेससँग चुनावी गठबन्धन कायम नहुँदा प्रतिपक्षमा रहेका बेला बागमती प्रदेश सरकारमा सत्तारूढ ३ दलले अहिलेसम्म दाबी गरेका छन् ।
केन्द्रीय सत्ता समीकरणको असरले हाल प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले दाबी गरेको छ । सरकारमा दाबी गर्ने ३ दलमध्ये २ दलले संसदीय दलकाे नेता सर्वसम्मत चयन गरेका छन् भने माओवादीले संसदीय दलकाे नेता चयनका लागि बैठक सुरु गरेकाे छ । सम्भवत: शनिबारसम्ममा उसले समेत संसदीय दलकाे नेताकाे टुंगाे लगाउने छ ।
नयाँ बनेकाे सत्ता समीकरणबाट नेकपा एमालेठूलाे पार्टी भएकाले सरकारकाे नेतृत्वमा दाबी गर्दै आएकाे छ । एमाले बागमती प्रदेश सभाकाे संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएसँगै बागमतीकाे मुख्यमन्त्रीमा एक्ला दाबेदारका रूपमा समेत हेर्न थालिएकाे छ । पार्टी केन्द्रीय सदस्य तथा अध्यक्ष निकट मानिने थपलियाले आगामी साता बागमती प्रदेशमा नयाँ सरकार बन्ने र आफू संसदीय दलको नेता भएकोले आफ्नै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको समेत बिहीबार संसदीय दलकाे नेतामा चयनपछि बताएका छन् ।
यद्यपि थपलियाले केन्द्रको समीकरण अनुसार नै अघि बढ्ने बताएका छन् । उनी यसअघि २०७४ सालमा तत्कालीन डोरमणि पौडेल मुख्यमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।
सरकारको नेतृत्व गरिरहेकाे नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी छ । मााअेवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न नसके पनि प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको हो । माओवादीले पहिलाे प्रदेश सभामा एमालेलाई सहयाेग गरेकाले अब आफूहरू सरकारकाे नेतृत्व गर्न पाउने बताउँदै आएकाे छ ।
माओवादीको बागमती प्रदेश संसदीय दलको नेता बन्न शालिकराम जम्मकट्टेल, युवराज दुलाल र सरल सहयात्री पौडेल र गंगानारायण श्रेष्ठको दौडधूपमा छन् । यद्यपि जम्मकट्टेल र पौडेल मध्ये १ मा सहमति गर्ने प्रयास भइरहेकाे पार्टीले जनाएकाे छ ।
याे बाहेक राप्रपाले समेत बागमतीमा सरकार गठन आफ्नाे नेतृत्वमा हुन् पर्ने दाबी पेस गरेकाे बताइएकाे छ । बागमती प्रदेशको चौथो ठूलो दल राप्रपा सत्ता समीकरणका लागि निर्णायक भूमिकामा देखिएकाले पनि उसकाे दाबी स्वाभाविक मान्न सकिन्छ । केन्द्रीय सरकारमा जाने राप्रपाले निर्णय गरेसँगै ७ प्रदेशमा १ मा उसले दाबी गर्नु अन्यथा देखिँदैन । अन्य प्रदेशमा राप्रपाकाे सदस्य संख्या कम भएकाले सरकार गठनमा निर्णायक भूमिका नरहने तर बागमतीमा निर्णायक शक्ति नै राप्रपा रहेकाे छ ।
प्रदेशमा पहिलाे दल काँग्रेस गठबन्धन टुटेसँगै प्रतिपक्षमा सीमित भएकाे छ । बागमती प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी १ सय १० सदस्य रहेकाेमा सरकार बनाउन ५६ संख्या आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । अहिलेकाे समीकरणमा फेरबदल आउने सम्भावना देखिँदैन । यद्यपि सरकार गठनकाे दाेस्राे विकल्पमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपा मिल्दा समेत बहुमतकाे सरकार गठनकाे सम्भावना भने कायम छ ।
बागमती प्रदेशमा कांग्रेसको ३७ जना संसद् रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् । एमाले २७ माओवादी २१ र राप्रपा १३ गरी ६१ सदस्य हुन्छ । यस्तै काँग्रेस ३७ राप्रपा १३ र नेकपा एस ७ गर्दा ५७ सदस्य हुने हुँदा बहुमतकाे सरकार गठन हुन सक्ने देखिन्छ । त्यसैले पनि राप्रपाले आफ्नाे पार्टी सरकार गठनकाे निर्णायक भएकाले बागमतीमा दाबी गरेकाे हाे ।
यता केपी ओलीकाे उच्चस्तरीय राजनीतिक संयन्त्रका संयाेजक भएका छन् । प्रचण्डकै प्रस्तावमा उच्चस्तरीय संयन्त्रको संयोजक बनेका ओलीकाे अनिवार्य सहमतिमा मात्र राज्यका महत्त्वपूर्ण निर्णय र नियुक्त हुने भएको छ । उच्चस्तरीय संयन्त्रको संयोजक तोकेसँगै शक्ति बाँडफाँटबारे गृहकार्य सुरु भएको छ । मुख्य ३ पद प्रधानमन्त्री राष्ट्रपति र सभामुखमा सहमति भएकाे भनिएकाे छ । तर, बाँकी पदमा सहमति हुन नसकेकाे अवस्थामा प्रदेश मुख्यमन्त्रीकाे भागबण्डा मिलाएपछि अन्य नियुक्त गर्दै जाने बताइएकाे छ ।
सात प्रदेशमध्ये चार प्रदेशमा एमालेले नेतृत्व गर्ने, दुईमा माओवादी केन्द्र र बाँकी एकमा जसपा, जनमत वा नागरिक उन्मुक्तिलाई दिने गरी सहमति हुन सक्ने बताइरहँदा बागमती प्रदेश भने माओवादीले पाउन सक्ने २ प्रदेश मध्ये सुदूरपश्चिम लुम्बिनीपछि विकल्पमा राखिएकाे छ । यस अनुसार राप्रपाले बागमतीमा पनि दाबी अनुसार मुख्यमन्त्री नपाउने देखिन्छ । तर, उपसभामुख लगायतका अन्य कुनै पदमा उसले चित्त बुझाउनु पर्ने हुन्छ । राप्रपालाई बागमतीमा उपसभामुख दिएर सहमतिमा ल्याउने प्रयास भएकाे समेत नेताहरू बताउँछन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया