फाएजको दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौँ- ओट फाएजले दुई वटा आत्मघाती गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ ।
लिभरपुलले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गर्यो । डेसबरी-हलले खेलको चौथों मिनेटमै गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
तर लेस्टरका फाएजले ३८ औँ तथा ४५ औँ मिनेटमा दुई आत्मघाती गोल गरेपछि लिभरपुलले महत्वपूर्ण ३ अंक जोड्यो ।
महत्वपूर्ण जित हात पारेको लिभरपुल १६ खेलबाट २८ अंक जोडेर लिगको छैटौँ स्थानमा छ । १५ खेलबाट २९ अंक सहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा रहेको छ ।
लेस्टर भने १७ खेलबाट १७ अंक जोड्दै १३ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया