कतारले मुख्य प्रशिक्षक सान्चेजको सम्झौता नविकरण नगर्ने

काठमाडौँ- कतारको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजको सम्झौता नविकरण नहुने भएको छ । कतार फुटबल एसोसियसनले सान्चेजको सम्झौता डिसेम्बर ३१ मा टुंगिने र सम्झौता नविकरण नहुने जनाएको आईएएनएसले उल्लेख गरेको छ ।
कतारमा सम्पन्न फिफा विश्वकप फुटबल अन्तर्गत कतार समूह चरणबाटै बाहिरिएको केही समयपछि एसोसियसनको यस्तो निर्णय सार्वजनिक भएको हो ।
४७ वर्षीय स्पेनिस प्रशिक्षक सान्चेजको प्रशिक्षणमा कतारले विश्वकपमा इक्वेडर र नेदरल्यान्ड्ससँग समान २-० तथा सेनेगलसँग ३-१ गोलअन्तरले पराजित भएको थियो ।
विश्वकपअघि कतारले युरोपमा ६ महिना अभ्यास गर्नूका साथै सन् २०१९ को कोपा अमेरिका तथा गत वर्षको कोनकाकाफे गोल्डकपमा समेत सहभागिता जनाएको थियो । सान्चेज ५ वर्ष कतारको मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया