पेलेको श्रद्धाञ्जलीमा नेपालमा एक हप्तासम्म फुटबल खेलअघि मौनधारण गरिने
काठमाडौँ- ब्राजिलियन महान फुटबलर पेलेको निधनको श्रद्धाञ्जलीमा एक हप्तासम्म देशभरै हुने फुटबल खेल अघि मौनधारण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार देशैभरी फुटबल खेलअघि एक मिनेट मौन धारण गरिने जनाएको हो ।
फिफाले शुक्रबार नै आफ्ना सम्पूर्ण संघहरुलाई फुटबल खेलअघि एक मिनेट मौन धारण गर्नका लागि पत्राचार गरिएको समेत एन्फाले उल्लेख गरेको छ । एन्फा महासचिव फात्मा सामोराद्वारा पठाइएको पत्रमा विश्वले फुटलबको राजा गुमाएको उल्लेख गरिएको छ ।
एन्फाले सबै जिल्ला संघ, क्लब तथा फुटबलसँग सम्बन्धित सबैलाई फुटबल खेलअघि एक हप्तासम्म मौन धारण गर्न आग्रह गरेको हो ।
ब्राजिललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया