अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी

काठमाडौँ- सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २४ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौंताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पारे ।
बाह्य पर्यटकहरूको संख्या नेपालमा बढदै गएकाले पनि ती देशहरूमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुर्गम क्षेत्रहरूमा उडान भर्ने वायु सेवा कम्पनीहरूलाई आर्थिक राहत पुर्याउनका लागि अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए । उनले दुर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरूको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको पनि बताए ।
प्राधिकरणले नेपालगंज विमानस्थलबाट दुर्गम क्षेत्रहरूमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता समेत जनाउँदै आएको छ ।
कार्यक्रममा बोल्दै क्याप्टेन रामेश्वर थापाले हवाई सेवालाई अझै बलियो बनाउने गरी काम गर्न ट्रेड युनियनहरूलाई आग्रह गरे । उनले हवाई सेवाको कामले गति लिने वित्तिकै त्यसबाट आउने मुनाफा ट्रेड युनियनहरूको हितमा हुने समेत स्मरण गराए ।
क्याप्टेन थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानलाई व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया