एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिने पर्यटन सचिवकाे दाबी

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् ।
सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटकहरूलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पारे ।
सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भएपनि अहिले सन्तोषजनक ढंगले सुधार भईरहेको उल्लेख गरे ।
सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशीयाली मुलुकहरूमा पर्यटन प्रवर्द्धनका लागि अभियान संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन सरकारलाई दबाब दिए ।
उनले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवर्द्धनका लागि बनेका नीतिहरूलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
होटल एशोसिएशन अफ नेपालले सरकारले कोभिडका कारण धराशायी बन्न गएको होटल व्यवसायलाई अघि बढाउनका लागि आवश्यक आर्थिक राहत उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया