अभिनेता महेश बाबुलाई लिएर दुई भागमा फिल्म बनाउँदै राजामौली

मुम्बई- ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन् ।
‘आरआरआर’को बम्पर सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ ।
फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन् । राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन् । यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन् ।
‘हो यो फिल्मको सिक्वेल पनि आउनेछ । सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन् । हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं,' उनले भनेका छन् ।
नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया