ऋतिकलाई ‘विक्रम वेधा’को पछुतो

मुम्बई- बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम वेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्स अफिसमा पूर्ण रूपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।
‘फिल्म विक्रम वेधाले बक्स अफिसमा मेरो आशाको हिसाब विपरीत प्रदर्शन गर्यो । यो असफल हुँदा यसले म भित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महसुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईं एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् । यो पटक मैले केही अलग गर्न चाहेँ, जुन कुरा दर्शकले चाहेनन् ।’
फिल्ममा ऋतिक वेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए ।
‘मैले निभाएको चरित्रलाई दर्शकले मन पराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु,' उनले भनेका छन् ।
महंगो बजेटको यो फिल्मले बक्स अफिसमा केवल ७९ दशमलव ५३ करोडको मात्र व्यापार गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया