माओवादी बागमतीमा दलकाे नेता बने जमरकट्टेल, चित्त नबुझेपछि बैठकबाटै बाहिरिए प्रदेश अध्यक्ष

मकवानपुर- बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।
माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज शनिबार बसेको बैठकले जमरकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो । बैठकले सर्वसम्मत रूपमा जमरकट्टेललाई नेता चयन गरेको भने पनि पार्टीका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले असन्तुष्टी जनाएका छन् ।
संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो । संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री र हाल आर्थिक मामिला मन्त्री समेत रहेका जमरकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेतामा जमरकट्टेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए ।
संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन पनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाललगायत खटिएका थिए ।
सहमति भनिएको नाममा पौडेलले असहमति जनाएका छन् । संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो । उनले सामाजिक सन्जाल मार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया