मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’, सुपथ मूल्यमै हेभि एक्जाभेटर

काठमाडौं– हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ। योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको कम्पनिले जानकारी दिएको छ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्ने कम्पनीको दाबी छ। नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रूपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रूपैयाँमै लिन सक्ने कम्पनीको दाबी छ।

यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेको उसको दाबी छ।

‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरूमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको र हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था रहेको कम्पनीको भनाइ छ।