‘फूलबारी’ मा ‘मायाको भर' को कुरा गर्दै विपिन कार्की र अरुणा

काठमाडौँ - फागुन ५ मा प्रदर्शन हुन लागेको ‘फूलबारी’को ‘माया रैछ र भर' बोलकाे पहिलो गीत सार्वजनिक भएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ । सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् ।
सिनेमामा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसँग बाँधिएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलपनि पनि आवाज दिएकी छन् । सिनेमामा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथसंगै शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मलाई रामबाबु गुरुगले निर्देशन गरेका हुन् ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । सिनेमा यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो । यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो । त्यसैले ‘फूलबारी’ले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया