भिडन्तको मुडमा 'छड्के २’को नयाँ पोस्टर, ‘छक्का पञ्जा ४’सँग पछि नहट्ने संकेत

काठमाडौँ- अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिकसँगै यो मितिमा ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ भिड्ने लगभग पक्का भएको हो । यी दुई फिल्मको भिडन्तले हलबीच ध्रुवीकरण सुरु भएको छ । देशको ठूलाे सिनेमा चेन क्यूएफएक्सले सो मितिमा ‘छक्का पञ्जा ४’ मात्र लगाउने भएपछि बाँकी हलले के गर्लान् भन्ने चासो बढेको छ ।
ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाकोे पोस्टरमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।
सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया