एनसीसी बैंकलाई गाभेर कुमारी बैंकले थाल्यो एकीकृत कारोबार
चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्यो

काठमाडौं- कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। कुमारीले एनसीसी मर्ज पश्चात आजदेखि एकीकृत कारोबार सुरु गरेको हो । मर्जरपछि बैंकको पनि नाम कुमारी बैंक रहेको छ। बैंकको पुरानो बोर्डको रङहरु भने परिवर्तन भएको छ।
दुई बैंक गाभिएपछि नयाँ बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुगेको छ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुगेको छ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड पुगेको छ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल भएका छन। उनी एनसीसी बैंकका प्रमुख कार्यकारी थिए। कुमारीका खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका छन्।
बैंकको प्रधान कार्यालय टंगाल (हाल कुमारी बैंक भएको) मा कायम गरिएको छ। एकीकृत कारोबार थाल्दा दुवै बैंकको नजिक-नजिक रहेका केही शाखा बन्द गरिएका छन्। कुल शाखा संख्या ३५५ हुन्छ। यसमध्ये ५८ स्थानमा शाखा नजिक-नजिक छन्।
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_krQzzuYClb_dzkk04wutgovdipfyiyzue4i4rrl6mnbbupjmg3h7yjg3ztedm4gaed2xdkj.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

एनएमबि बैंक द्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्या…

प्रतिक्रिया