जनतामाझ रहेको आशंका निवारण गर्दा चीनलाई किन आपत्ति : कांग्रेस

काठमाडौं : चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आपत्ति प्रकट गर्दै उक्त समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाइनुलाई कांग्रेसले गम्भीर रुपमा लिएको पनि उल्लेख गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गरिएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेसको निर्णयमा उल्लेख छ ।
चिनियाँ सरकारको प्रोपोगाण्डा मिडियाले ल्याएको समाचारमा गम्भीर आरोप लगाएपछि इकागजले भावानुवाद गरेर प्रकाशनमा ल्याएको थियो । ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो,’ कांग्रेसले केन्द्रीय समिति बैठक पछिको जारी वक्तब्यमा लेखेको छ, ‘नेपाली कांग्रेस छिमेकी मुलुकहरु लगायत सबै मित्रराष्ट्रसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपालबाहेक कुनै पनि मुलुकको परस्त पार्टी हुन सक्दैन ।’
नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि मुलुकबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहने समेत बक्तब्यमा उल्लेख गरेको छ । यसैबीच नेपाल स्थित चिनियाँ दुतावासले नोभेम्वर १३ मा कांग्रेसलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता विषयमा पत्राचार गर्दा अवस्था चित्रण गर्न भन्दै कांग्रेसले दूतावासको मर्यादा नभुल्न चेतावनी दिएको छ ।
‘जहाँसम्म शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले सात वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरूलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ,’ केन्द्रीय समिति निर्णयमा उल्लेख छ, ‘यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नुपर्ने कामका सम्बन्धमा तीन वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।’
यदि चिनियाँ सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्यौल दुई सरकारबीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्यमा अडेर त्यसको आशंका निवारण गर्न आवश्यक रहेको पनि औंल्याएको छ । त्योसँगै सीमा स्तम्भहरुको अवस्थालाई प्राविधिक मूल्यांकनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनुपर्ने कुनै कारण भनएको पनि कांग्रेसको धारणा छ । नेपाली जनता माझ रहेको आशंका निवारण हुने भन्दै यसमा किन आपत्ति भन्ने प्रश्न कांग्रेसले चीनलाई गरेको छ ।
‘सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देशबीच एक अर्काबीच अहस्तक्षेप र एक अर्काको भू-भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ,’ नेपाली कांग्रेस स्पष्ट गर्न चाहन्छ, ‘आगामी दिनमा पनि त्यो पालना हुनेछ । नेपाली कांग्रेस दुई मुलुकबीच मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ ।’
शाहीले सार्वजनिक गरेको प्रतिवेदन सम्बन्धमा काठमाडौं स्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनिया सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्व र गरिमा विपरीत भएको जानकारी पनि चिनियाँ पक्षलाई गराउँछ । हुम्लामा नेपाली भू-भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गर्यो । यस सम्बन्धमा नेपाली कांग्रेस पार्टीले तत्कालै सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख छ ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनियाँ सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको जनाउँदै कांग्रेसले भनेको छ,‘ सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको घोर निन्दा गर्दछ । नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्यांक शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ ।’
जुन कार्यले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ । साथै, यसबाट दुई देशको जनताबीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्ने धारणा पनि कांग्रेसले राखेको छ ।

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_DGxvlfe810_csoftg2xd2nrwaoa1tdwh7b8wef2rzlm9lm3x51r8geujnw1tbgyabtcsjhw.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

प्रतिक्रिया