झापामा भेटियो शंकास्पद बस्तु, नेकपा विद्रोहीले लियो जिम्मेवारी

झापा : पूर्वपश्चिम राजमार्गको दमक-९स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद बस्तु फेला गरेको छ । एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि केहिबेर जनजिवन त्रासमय बनेको हो ।
दमक प्रहरीले सेनाको सहयोगमा निस्कृय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए । शंकास्पद बस्तुलाई तोपागाछिस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निस्कृय बनाएको हो ।
बिहानै शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए । फेला परेको त्यस शंकास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले बताए ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया