पोखरामा दुई जना काेभिड संक्रमितको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा थप दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका २ संक्रमितको मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका १४ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका साढे ७ बजे मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।
७ वैशाखमा कोभिड संक्रमण पुष्टि भएका उनमा श्वासप्रश्वासको समस्या थियो । पोखरा महानगरपालिका ७ का ८९ वर्षीय कोभिड संक्रमित महिलाको आज बिहान होम आइसोलेसनमा मृत्यु भएको हो । महिलामा ८ गते कोभिड संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोभिड संक्रमितको संख्या २२१ पुगेको छ ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया