गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री गुरुङले केही मन्त्रालय विभाजन गरेर भए पनि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका हुन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि २ वटा मन्त्रालय खाली छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयमध्ये केहीलाई फुटाएर मन्त्रालय संख्या बढाएको दाबी श्रोतले गरेको छ । स्रोतका अनुसार स्वतन्त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्त्री बनाइँदै छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाइँदै छ ।
*यसअघि प्रकाशित समाचारमा स्वतन्त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्त्री बनाइँदै हुनुपर्नेमा एमालेका माधव नेपालपक्षधर सांसद इन्द्रलाल सापकोटालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुँदै हुन गएकोमा सच्याएका छौँ ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया