‘दिलमाया २’को वीरगञ्जमा विशेष सो

काठमाडौँ- राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को सोमबार वीरगञ्जमा विशेष सोको आयोजना गरिएको छ । आगामी चैत्र १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको वीरगञ्जमा आयोजित विशेष शोमा नेकपा एमालेमा प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।
सिनेमाको निर्माण टिम आइतबार विशेष सोको लागि कलाकारसहित वीरगञ्ज पुगेको थियो । मधेश प्रदेशको वीरगञ्जस्थित त्रिमुर्ती हलमा सिनेमाको पहिलो विशेष सोको आयोजना गरिएको हो । निर्देशक गिरीले देशकका विभिन्न सहरमा सिनेमा प्रदर्शन पूर्व विशेष सोको आयोजना गर्ने तयारी भैरहेको बताए ।
राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमामा राजु गिरीको नै लेखन तथा निर्देशन रहेको छ ।
बिष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । सिनेमालाई शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया