राष्ट्रिय सभा उपनिर्वाचनमा पाँच दल, ३४८ मतदाता

काठमाडौं : जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि पाँच राजनीतिक दल दर्ता भएका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्णय अनुसार एमालेलाई सूर्य चिन्ह र क्रम १, कांग्रेसलाई रुख चिन्ह क्रम २, माओवादीलाई गोलाकार भित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र क्रम ४ तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गर्ने समेत अयोगको निर्णय छ ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली स्वीकृत गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । स्वीकृत भएको मतदाता नामावली बैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने उल्लेख छ ।
बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिन सकिने व्यवस्था गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया