अभिनेत्री तारा सुतरिया र प्रेमी आदर जैनको ब्रेकअप

मुम्बई - बलिउड अभिनेत्री तारा सुतारिया र उनका प्रेमी आदर जैनको ब्रेकअप भएको छ । तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोलेनन्, तर पनि दुवैजना कयौं कार्यक्रममा सँगै देखिन्थे ।
सामाजिक सञ्जालमा पनि एकअर्काको तस्बिर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिएका हुन् ।
ब्रेकअपपछि एक मिल्ने साथीका रुपमा भने सम्बन्ध कायमै राखेका छन् । यसपटक कपुर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो । किनकि यसअघिका हरेक कपुर परिवारका कार्यक्रममा उनको उपस्थिति अनिवार्य झैं हुन्थ्यो ।
रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे । तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।
‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउडमा डेब्यू गरेकी ताराले ‘मरजावाँ’, ‘एक भिलेन रिटन्र्स’ आदि फिल्ममा काम गरेकी छिन् । आदरले भने ‘कैदी बन्दी’बाट डेब्यू गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया