सूर्या र दिशाकाे तमिल फिल्मलाई हिन्दीमा सय करोड

मुम्बई - ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो । थ्रीडी फर्म्याटमा बनिरहेको फिल्म १० भाषामा रिलिज हुँदैछ । फिल्ममा दिशा पाटनीको पनि अभिनय रहेको छ ।
पुनर्जन्ममा आधारित फिल्म एक्सनपरक छ । यो फिल्मको हिन्दी राइट्स पेन स्टुडियोका मालिक जयन्तीलाल गाडाले सय करोडमा खरिद गरेका छन् । तमिल फिल्म उद्योगमा यति महंगो मूल्यमा हिन्दी राइट्स किनिएको यो पहिलो फिल्म हो ।
फिल्मको लागत २ सय करोड छ । फिल्ममा सूर्या पाँचवटा भूमिकामा देखिँदैछन् । फिल्मको कथा आजको समय र एक हजार वर्षअघिको घटना वरपर घुमेको छ ।
यसअघि पेन स्टुडियोले ‘आरआरआर’को हिन्दी राइट्स १ सय ४० करोडमा किनेको थियो । फिल्मले हिन्दी बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड कलेक्सन गरेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया