मेटाभर्स फेलसँगै भीआर हेडसेटमा उच्च गिरावट

काठमाडौँ- डिजिटल संसारको अर्को आयामका रुपमा मानिएको मेटाभर्स चर्चा सेलाएसँगै भर्चुअल रियालिटी (भीआर) हेडसेटको बिक्रीमा उच्च गिरावट आएको छ। अन्तर्राष्ट्रिय मिडियाहरूमा केही समयदेखि मेटाभर्स परियोजना फेल भएको भन्दै समाचार संप्रेसण गर्न थालेका छन् ।
मेटाभर्स फेल भएको समाचार आएसँगै भीआर बिक्री उच्च गिरावट आएको हो। मेटाभर्समा मेटा (फेसबुक) फेल भएको भन्दै केहीसमयदेखि यसको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार आउन थालेका छन् ।
फेसबुकले आफ्नो नाम नै परिवर्तन गरेर मेटा राखेपछि सुरु भएको चर्चा क्रमशः: सेलाउँदै गएको छ। कतिपयले मेटाभर्स फेसबुकको महत्वकांक्षी परियोजना भएको भन्दै यो परियोजनाले सार्थकता पाउनेमा शंका गरिरहेका थिए । फेसबुकको नाम मेटा बनेपछि यसको सेयर मूल्य क्रमशः घट्दै गइरहेको छ।
वेब ३.० आधारित भर्चुअल रियालिटीमा काम गर्ने भन्दै मार्क जुकरबर्गले फेसबुकको नाम मेटामा परिवर्तन गर्दा अधिकांश मानिसहरूले मेटावर्स शब्दको बारेमा पहिलो पटक थाहा पाएका थिए। यद्यपि यो शब्द १९९२ मा एक उपन्यासमा समेटिएको शब्द हो ।
आर्टिफिसिएल इन्टेलिजेन्स, भर्चुअल रियालिटी लगायतको बारेमा बारेमा अध्ययन गर्दै आएको संस्था सिसिएस इन्साइटको एक तथ्यांकले प्रयोगकर्ताहरूले मेटाभर्सप्रतिको चासो हराउँदै गएको जनाएको छ।
रिपोर्टका अनुसार सन् २०२२ मा भर्चुअल र अगमेन्टेड रियालिटी हेडसेटको विश्वव्यापी बिक्री १२ प्रतिशतले घटेर ९.६ मिलियनमा झरेको छ । अमेरिकामा भीआर हेडसेटको बिक्री पनि घटेको छ। फर्म एनपीडी ग्रुपको तथ्यांक अनुसार अमेरिकामा भीआर हेडसेटको बिक्री २ प्रतिशतले घटेको छ ।
लगानीका हिसावले पनि मेटाको भर्चुअल रियालिटी क्षेत्रमा सबैभन्दा ठूलो लगानी रहेको छ। फेसबुकको भीआर क्वेष्ट २ हाल ३९९.९९ डलरमा बिक्री गरिरहेको छ। यस हेडसेटको बिक्रीमा पनि उच्च गिरावट आएको छ। मेटा क्वेस्ट २ सन् २०२० मा ल्याइएको थियो तर दुई वर्षभित्र यसको बिक्रीमा पनि ठूलो गिरावट आएको छ ।
यस वर्ष कुनै पनि कम्पनीले आफ्ना भर्चुअल रियालिटी उत्पादनहरू सार्वजनिक गर्न लागेका छन्। एप्पलले आफ्नो मिक्स्ड रियालिटी हेडसेट लन्च गर्ने तयारी गरेको छ भने सोनीको प्लेस्टेशन भीआर २ हेडसेट पनि यसै वर्ष सार्वजनिक गर्ने तयारी गरेका छन्।

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

प्रतिक्रिया