प्लेअफमा पुगिसकेको लुम्बिनीले जनकपुरलाई हरायो

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले आठौ जित दर्ता गरेको छ । प्लेअफमा स्थान बनाइसकेको लुम्बनीले आठौ जित हात पार्न जनकपुर रोयाल्सलाई ५ रनले पराजित गर्यो ।
त्रिवि क्रिकेट मैदानमा १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनमात्र जोड्यो । जनकपुरका लागि चाडविक वाल्टनले ३६ बलमा ३ चौका र ४ छक्का हिर्काउँदै अविजित ५९ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
जनकपुरलाई पराजित गर्न लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनायो । लुम्बिनीका लागि ओपनर हारमित सिंहले ५ चौका र ६ छक्काको मदतमा ४७ बलमा ७३ रन जोडे ।
जनकपुरका सराफुदिन असरफले सर्वाधिक ३ विकेट लिए ।
लिगमा ८ खेल खेलेको जनकपुरको यो तेस्रो पराजय हो । लुम्बिनीले भने एक खेलमा मात्र पराजय भोगेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया