गीतालाई 'शंका गर्या हैन' भनेर फकाउँदै रोशन

काठमाडौँ- यसअघि धर्ती आकाश जस्तो सुपरहिट गीत दिएका गायक रोशन अधिकारीले आज आफ्नो जन्मदिनको अवसरमा नयाँ गीत 'शंका गर्या हैन' बोलको गीत सार्वजनिक गरिएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा उनको साथमा गायिका अनु चौधरीको स्वर छ । गीतमा जश्मिन श्रेष्ठको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीतलाई अर्जुनले कर्णप्रिय बनाएका छन् । यूवायूवतीबिचको प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ । गीतको भिडियोमा गायक तथा मोडल रोशन अधिकारी र गीता ढुंगानाको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । माइकलले यो रोमान्टिक गीतमा रोशन र गीतालाई गज्जबले नचाएका छन् । यसपटक, पनि उनले केही नयाँ सिग्नेचर स्टेप प्रयोग गरेका छन् । भिडियोमा माइकल स्टेजप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।
यसैबिच, गायक तथा मोडल अधिकारीले जन्मदिनको अवसर पारेर आज बिहान मानव सेवा आश्रममा ३ लाख ३ हजार नगद सहयोग गरेका छन् । यस्तै, उनले १०० वटा ब्ल्यांकेट, खाद्यान्न पनि आश्रमलाई सहयोग गरे । उनले, आगामी एक वर्षका लागि मासिक १ लाखको दरले आश्रमलाई सहयोग गर्ने पनि वाचा गरेका छन् । गायक अधिकारीले आफूले जीवनकै सबैभन्दा राम्रो जन्मदिन मनाउन पाएको बताए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया