नेपाल र चीनसँग सम्बन्धित फोटो, पेन्टिङ, थाङ्का र क्यालिग्राफी प्रदर्शन

काठमाडौँ- नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम सङ्घको सहआयोजनामा प्रदर्शनी गरिएको हो । मंगलबार बबरमहलस्थित नेपाल कला परिषदमा प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रदर्शनी गरिएको छ ।
नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन प्रदर्शन गरेको उक्त जनाएको छ । प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रगाढ बन्ने विश्वास आयोजकको छ ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा. बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ सङ्घका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम सङ्घका महासचिव झु क्विङलगायतले कार्यक्रमले द्विपक्षिय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

प्रतिक्रिया