सुनसरीमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा

सुनसरी : जिल्लामा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।
यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरूमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ ।
सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जनाएको छ । यता खाद्यान्नका पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ । सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ । (रासस)

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया