हलगोरु पाल्ने किसानलाई बाह्रबिसे नगरपालिकाले १० हजार अनुदान दिने

चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताए । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए। गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताए ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया