प्रिमियर लिगः शीर्ष स्थानको आर्सनल अंक बाड्न बाध्य

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत शीर्ष स्थानको आर्सनलले न्यूकासलविरुद्ध अंक बाड्न बाध्य भएको छ । मंगलबार राति सम्पन्न खेलमा आर्सनलले न्यूकासलविरुद्ध गोलरहित बराबरी खेलेपछि अंक बाडेको हो ।
आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी १० अंकमा पुर्याउने लक्ष्यसहित मैदानमा उत्रिए पनि न्यूकासलविरुद्ध गोल गर्न सकेन ।
बराबरीसँगै शीर्ष स्थानको आर्सनलले १७ खेलबाट ४४ अंक जोडेको छ भने म्यानचेस्टर सिटीले १६ खेलबाट ३६ अंक जोडेको छ । यता तेस्रो स्थानमा रहेको न्यूकासलले १८ खेलबाट ३५ अंक हात पारेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया