बर्नमाउथमाथि युनाइटेडको शानदार जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले बर्नमाउथमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन कासेमिरो, ल्युक शाँ तथा मार्कस रासफोर्डले एक-एक गोल गरे । कासेमिरोले २३औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
ल्युकले ४९औँ मिनेटमा अग्रता दोब्बर बनाए भने रासफोर्डले ८६ औँ मिनेटमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।
जितसँगै युनाइटेडले १७ खेलबाट ३५ अंक जोड्दै चौथो स्थानमा यथावत रहेको छ । उसले पाँचौ स्थानको टोटेनहम (३० अंक) सँगको दूरी ५ अंकमा पुर्याएको छ ।
बर्नमाउथ भने १८ खेलबाट १६ अंक जोड्दै १५ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया