भोलि भिटेनले एलओडीमा 'हामी यस्तै हो नि ब्रो' गीत गाउँदै स्टेज तताउँने

काठमाडौँ- र्यापर ‘भिटेन’ अर्थात समिर घिसिङले एक वर्षपछि काठमाडौँमा स्टेज पर्फमेन्स गर्ने भएका छन् । पुस ३० गते ( जनवरी १४ शनिबार) ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका छन् ।
विगत एक वर्षदेखि नेपालमा उनले आफ्नो कुनै पनि प्रस्तुती दिएका थिएनन् । इभेन्ट ‘३६५’ को आयोजनामा भिटेनले आफ्नो सांगीतिक प्रस्तुती दिन लागेका इभेन्ट म्यानेजर नारायण आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार उक्त दिन हुने इभेन्टको टिकट मूल्य एक हजारदेखि १५ सय रुपैयाँ रहेको छ । क्लबमा साँझ ७ देखि १२ बजेसम्म भिटेनले आफ्नो प्रस्तुती दिने उनले जानकारी दिए ।
उनले भने,’ दर्शकले टिकट अनलाइनबाट खरिद गर्न सक्ने छन् । दर्शकले ‘आइएमइ पे’ बाट टिकट खरिद गर्न सक्छन् ।‘
र्यापर भिटेनले आफ्नो सांगितिक प्रस्तुती असोज २३ गते जापानमा गरेका थिए । त्यसयता पहिलो पटक काठमाडौँमा आफ्नो प्रस्तुती एलओडी क्लबमा दिन लागेका हुन् । र्यापर भिटेन युवाहरूमाझ चर्चित छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया