पोखरा १३ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै स्वास्थ्य सामग्री वितरण

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले वडामा रहेका सबै सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । वडामा रहेका ८ वटा सामुदायिक विद्यालयहरूलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको वडा कार्यालयले जनाएको छ।
विद्यालयमा विद्यार्थीहरूलाई चोटपटक लाग्दा सामान्य प्राथमिक उपचार गर्न स्वास्थ्य सामग्री वितरण गरिएको वडा अध्यक्ष किरण बरालले बताए ।
विद्यालयमा सामान्य स्वास्थ्य सामग्री पनि उपलब्ध नहुने भएकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य सामग्रीहरु वितरण गरेको उनको भनाइ छ ।
अध्यक्ष बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा ध्यान दिएको बताए । साथसाथै विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै काम गरिरहेको बताएका छन ।
स्वास्थ्य सामग्री डिटोल, ह्यन्डी प्लास्टर र ब्यान्डेज कपडा वितरण गरिएको उनले जानकारी दिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया