राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा संशोधन,यस्तो छ संशोधित व्यवस्था

काठमाडौँ - नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा निर्देशिक संशोधन गरेको छ। गत कात्तिक महिनादेखि लागू गरिएको चालू पुँजी कर्जा सम्बन्धी मार्ग मार्गदर्शनमा राष्ट्र बैंक संशोधन गरेको हो।
राष्ट्र बैंकले भदौ ७ गते उक्त मार्गदर्शन जारी गरेको थियो। अघिल्लो सरकार हुँदा कुनै पनि बुँदामा संशोधन गर्न टसमस नभएका गभर्नर अधिकारी नयाँ सरकार गठन भएपछि भने एकाएक उद्योगी व्यवसायीलाई बोलाएर चालू पुँजी कर्जा संशोधनको मध्यमार्गी प्रस्ताव गरेका थिए।
निर्देशिका जारी हुन अघि तोकिएको सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई राष्ट्र बैंकले २ वर्षको समय थप गरिदिएको छ । राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरूले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन गरेको छ।
१ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जा लिँदा भने मार्गदर्शनमा भएको व्यवस्था लागू हुने छैन। यसअघि यो ५० लाख रुपैयाँमा सीमित थियो। उक्त मार्गदर्शन राष्ट्र बैंकले कात्तिक १ गतेदेखि कार्यान्वयनमा आएको थियो। २०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो। त्यसपछि सरोकारवालाहरूसँग राष्ट्र बैंकले प्रतिक्रिया र सुझाव मागेको थियो।
सोमबार गभर्नरले व्यावसायिक संगठनका पदाधिकारीहरूलाई बोलाएर उनीहरूको माग र सुझाव यथाशीघ्र बुझाउन भनेका थिए। जसलगत्तै मंगलबार व्यवसायीहरूले सुझाव बुझाउँदै पुराना ऋणीलाई आर्थिक वर्ष २०८१/८२ बाट चालु पुँजी कर्जा मार्गदर्शन लागू गर्न माग गरेका थिए। असारसम्म नयाँमा पनि लागू नगर्न भनेका थिए।
संशोधनको पूर्णपाठ :

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया