ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु
कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ ।
साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।
ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए ।
'ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोनाभाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन,' उनले भने ।
संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पारे ।
आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उहाँले गर्नुभयो ।सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन ।
बुतानभ्याक नामक कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिदै आएको हो ।
कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
'ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्,' गर्भनर डोरियाले भने ।
यस बर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उनले बताए ।
महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्वन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उनले जानकारी दिए । (एएनआई)

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

प्रतिक्रिया