फागुन पहिलो साता अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै

काठमाडौँ- १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला फागुनको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन २ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्ब गर्ने प्रदर्शनीको मुख्य नारा नेपाली वस्तु प्रयोग गरौँ, नेपाल भएकोमा गर्व गरौँ र मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने रहेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।
मेलामा मुलुकका लघु, घरेलु, तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबि, बिटुसी जस्ता अन्तरक्रिया, छलफल हुने उनले बताए । उनले मेला आयोजना गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरिएको जानकारी दिए ।
त्यस्तै मेलामा नेपालका साथै भारत, पाकिस्तान बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने र दुई सय स्टलको व्यवस्था गरिएको महासंघले जनाएको छ । मेलाको दुई लाख बढीले अवलोकन गर्ने र ७ करोडभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया