साताको अन्तिम कारोबारमा १८ अंकले बढ्यो नेप्से, कारोबार रकममा उच्च बढोत्तरी

काठमाडौँ- साताको अन्तिम कारोबारको दिन सेयर बजार १८ अंकले बढेको छ। आज बजार १७.९२ अंकले बढेको हो । १८ अंकले बढसँगै बजार परिसूचक २१४३.७६ मा उक्लिएको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको परिसूचक सेन्सेटीभ इन्डेक्स ०.६४ प्रतिशतले बढेर ४११.३३ मा कायम रहेको छ।
उप-सूचकतर्फ बिहीबार बैंकिङ क्षेत्र ०.३१ प्रतिशत तथा अन्य क्षेत्र ०.८७ प्रतिशतले घट्दा बाँकी ११ सूचक बढेका छन् ।
१८ अंकले बजार बढ्दा कारोबार रकममा पनि उलेख्य बढोत्तरी भएको छ । आज २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ७१ हजार ८१६ पटकमा खरिद बिक्री भएको छ। अघिल्लो दिनको कारोबारमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बजार बढ्दा कारोबार भएका १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै चन्द्रागिरि हिल्स, बुद्ध भूमि नेपाल नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया