सुशील श्रेष्ठको ‘द आउटल’ को सुटिङ सुरु

काठमाडौं : चलचित्र ‘द आउटल’ को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै क्यामेरा अन गरेको हो । चलचित्रको आजै ललितपुर नजिकैको एक सेटबाट छायांकन प्रारम्भ भएको छ । अबको ४० दिनभित्र छायांकन सक्नेगरी ‘द आउटल’ को सुटिङ सुरु भएको हो । रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको यो चलचित्रको अंगेजी नयाँ वर्षको छेको पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेको थियो । सोहि दिन थिम टिजर र फस्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको थियो ।
टिजर र फस्ट लुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मिहेनतका साथ काम गर्ने अठोट लिएको निर्देशक बिक्की महर्जनले प्रतिक्रिया दिए । मुहूर्त कार्यक्रममा मिडियाकर्मीसँग दिएको संक्षिप्त कुराकानीमा उनले भने, – ‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं । हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कै पनि प्रोजेक्ट राम्रो बन्नेछ ।’
अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतका कलाकारको मुख्य भूमिका रहने ‘द आउटल’ पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुँदैछ । निर्माण टिमले आगामी वर्षको दसैँ आसपासको समयमा प्रदर्शन गर्ने काम थालेको हो । तर, चलचित्रको छायांक्न नसक्दै प्रदर्शन मितिबारे केहि नबोल्ने निर्माता शशांक खड्काले बताए । उनले भने, ‘एउटा जुझारु युवाहरुको टिम लिएर काम हुँदैछ । स्क्रिप्टदेखि टिम मेम्बरसम्म राम्रो बनेको छ । आउपुट पनि राम्रो आउँछ भन्ने कुरामा म लगायत मेरो टिम विश्वस्त छ ।’
बिक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ । कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्दैछ । उनले एउटा राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको बताए । शुभ मुहूर्त कार्यक्रममा अभिनेत्री शिक्षा संग्रौला तथा चलचित्र निर्माण टिमका सम्पूर्ण सदस्यसँगै निर्देशक मिलन चाम्स लगायतका विभिन्न व्यक्तिको समेत उपस्थित थियो ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् । नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्रका अधिकांश दृश्यको काठमाडौं उपत्यकाभित्रै छायांकन गर्ने बुझिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया